साझा कथा । श्रीधर श्रेष्ठ एक कुशल विद्यार्थी । सेवाभावले भरिएका उनी हाल विद्यार्थी राजनीतिमा होमिएका छन् । त्रीचन्द्र कलेजका अधिकांश विद्यार्थीहरुको मनमा बसेका उनी यस पटक हुन गइरहेको स्वतन्त्र बिधार्थी युनियनको चुनावमा नेपाल बिधार्थी संघको तर्फबाट सभापतिका लागि भिड्दैछन् ।
श्रीधर श्रेष्ठ सभापतिको रुपमा उम्मेद्वार बन्दै गर्दा चुनावी मैदानमा नयां गतिशीलता ल्याएको छ भने बिधार्थी राजनीतिमा पनि चर्चा सुरु भएको छ।
विभिन्न बिधार्थी संघसंस्थामा कृयाशील रहेका उनी बिधार्थी अधिकार र हितका लागि सधैं आवाज उठाउँदै आएका व्यक्ति हुन् । श्रीधर श्रेष्ठले आफ्नो उम्मेद्वारी घोषणा गर्दै बिधार्थीहरूको शैक्षिक गुणस्तरमा सुधार ल्याउने, कलेजमा पारदर्शिता बढाउने र बिधार्थीहरूको समस्या समाधान गर्ने बाचा गरेका छन्।
संघका एक जनसम्पर्क प्रतिनिधिले बताए अनुसार, ‘श्रीधर श्रेष्ठले बिधार्थीहरूको आवाजलाई प्रभावकारी रूपमा प्रतिनिधित्व गर्ने क्षमता राख्छन् । उनीहरूको नेतृत्वमा त्रिचन्द्र कलेजका बिधार्थीहरूले आफ्नो अधिकार र हितका लागि मजबुत आवाज उठाउनेछन्।’
त्रिचन्द्र क्याम्पसका बिधार्थीहरूले उनको उम्मेद्वारीलाई सकारात्मक रूपमा लिँदै उनले प्रस्तुत गरेका विषयवस्तुमा गम्भीर छलफल सुरु गरेका छन् । बिधार्थीहरूले श्रीधर श्रेष्ठको उम्मेद्वारीलाई समर्थन समेत गरेका छन् । एक बिधार्थीले भने, ‘श्रीधर श्रेष्ठले हाम्रो समस्यालाई बुझ्ने र समाधान गर्ने क्षमता राख्छन् । उनीहरूको नेतृत्वमा हामीले कलेजमा धेरै सकारात्मक परिवर्तन देख्न सक्छौं।’