साझा कथा । वरिष्ठ पत्रकार भैरव रिसालको आइतबार निधन भयो । निधन हुनु केही महिना अघि मात्र ‘साझा कथा’का लागि कार्यक्रम ‘अभिलेख’मा प्रस्तोता दीपक अर्यालले लामो कुराकानी गरेका थिए । उनको जन्म, कर्म र समग्र जीवन सेरोफेरोमा रहेर गरिएको कुराकानीमा भैरव रिसालले भनेका थिए – “कालापानी, लिपुलेक र लिम्पियाधुरा निर्विरोध नेपालको हो ।” विसं २०१८ सालमा सो क्षेत्रमा जनगणना गर्ने व्यक्तिको रुपमा रहेका उनले अन्तिम समयसम्म पनि ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो’ भन्न छाडेनन् । तथापी, सो भूगोललाई नेपालले आफ्नो प्रशासनिक नक्सामा राखे पनि नेपाल/भारतबीच विवाद अझै कायमै छ । उनै एक निडर व्यक्तित्वको पूरा अन्तर्वार्ता हामीले यहाँ माझ पुनः पस्केका छौं ।
अन्तिम समयमा पनि “कालापानी र लिपुलेक नेपालकै हो” भनेर बिते रिसाल (भिडियो)
