काठमाडौं । एक टीबी स्टोरेज भएको सामसङ ग्यालेक्सी एस २५ अल्ट्रा नेपाली बजारमा सार्वजनिक भएको छ । सामसङ नेपालले नेपाली नयाँ वर्षको अवसर पारेर ग्यालेक्सी एस२५ अल्ट्रा १ टीबी स्टोरेज भेरियन्ट सार्वजनिक गरेको हो ।
सामसङको एआई–फस्ट प्लेटफर्म वन यूआई सेभेनमा आधारित यो फोनले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि प्रयोगकर्तालाई सहज बनाउने कम्पनीको दाबी छ । सामसङका अनुसार, यो भेरियन्ट वैशाख ३ देखि देशभरका आधिकारिक स्टोरमार्फत खरिद गर्न सकिनेछ । टाइटानियम सिल्भर ब्लु र टाइटानियम ग्रे रंगमा उपलब्ध फोनको मूल्य दुई लाख ३४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

सामसङ इन्स्टाफाइनान्स सेवाअन्तर्गत यो फोन ११ हजार ७५० रुपैयाँको किस्ताबन्दीमा शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सकिन्छ । एक वर्षको लागि एकपटक ब्रेकेज इन्स्योरेन्स समेत उपलब्ध छ ।