साझा कथा । युवा सशक्तिकरणप्रति आफ्नो निरन्तर प्रतिबद्धता जनाउँदै, कीर्तिपुर स्वयंसेवक समाजले एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि करियर परामर्श तथा जीवन सीप विकास कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम गुड नेबर्स इन्टरनेशनल, वर्ल्ड भिजन इन्टरनेशनल, र कीर्तिपुर नगरपालिकाको सहकार्यमा सम्पन्न भएको हो।
कीर्तिपुरका नगरपालिका विभिन्न क्षेत्रहरूबाट ४० जना विद्यार्थीहरूले यस कार्यक्रममा भाग लिएका थिए।कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई एसईई पश्चात् उत्पन्न हुने जीवनका नयाँ मोडमा सकारात्मक सोच,
आत्मविश्वास र सही मार्ग रोज्न उत्प्रेरित गर्नु रहेको थियो।
विद्यार्थीहरूलाई आगामी यात्रामा हौसला प्रदान गर्दै भविष्यको सपना बुन्ने, आत्मविश्वास जगाउने र सीप विकास गर्ने काममा कीर्तिपुर स्वयंसेवक समाज सदैव साथमा रहने समाजका अध्यक्ष सुधन सुवेदीले बताउनुभयो । कीर्तिपुर स्वयंसेवक समाजले नियमित रुपमा सम्पदा पदयात्रा, युवा नेतृत्व कार्यशाला, र
नागरिक संलग्नता कार्यक्रमहरू मार्फत समुदायका युवाहरूलाई सचेत, सक्षम र जिम्मेवार बनाउँदै आएको छ।