शिक्षक आन्दोलन थप कडा हुने

२०८२ बैशाख १०, बुधबार

साझा कथा । नेपाल शिक्षक महासंघकाले आजदेखि शिक्षक आन्दोलन थप कडा हुने बताएको छ। महासंघकाले गाउँघरमा रहेका शिक्षकहरूलाई पनि आन्दोलनमा सहभागी हुन आह्वान गरेको हो । महासंघको मंगलबार बसेको बैठकले आन्दोलनलाई थप कडा र दरिलो बनाउने निर्णय गरेको थियो ।   शिक्षकहरूले शिक्षा ऐन जारी हुनुपर्ने माग राखेर २२ दिनदेखि काठमाडौंको माइतीघर–बानेश्वरकेन्द्रित आन्दोलन गरिरहेका छन् ।

शिक्षक आन्दोलनकै कारण कक्षा १२ को परीक्षा प्रभावित भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख २१ गतेसम्मका लागि सार्ने निर्णय गरीसकेको छ ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?