एनएमबि बैंक मा नयाँ सिईयो

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे नियुक्त भएका छन् । तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका घिमिरे विगत १६ बर्ष देखि यस एनएमबि बैंकसँग आबद्ध छन् । बैंकको विभिन्न विभाग तथा शाखाहरु समेतको नेतृत्व  गरेका घिमिरे यस अघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए ।
उनले एनएमबि बैंकको सञ्चालन प्रणालीमा सुधार ल्याउन, प्रविधिमा आधारित सेवा विस्तार गर्न र दिगो बैंकिङ अभ्यासहरूलाई अघि बढाउन निरन्तर सक्रिय भूमिका निभाएका छन् । बैंकिङ अनुभवले एनएमबि बैंकलाई थप प्रगति र समृद्धिको मार्गमा अघि बढाउने विश्वास बैंकले लिएको छ ।
तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?