रासस , चितवन —अण्डाको मूल्य बढाउने नेपाल लेयर्स कुखुरापालक संघले निर्णय गरेको छ । अण्डाको मूल्य बढेपछि प्रतिक्रेट मूल्यमा वृद्धि भएर चार सय ५० पुगेको छ । ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट चार सय ३०, मध्यमको तीन सय ८० र ‘एक्सएल’को चार सय ५० कायम गरिएको छ । यसअघि ठूलो अण्डाको मूल्य तीन सय ५० मा झरेको थियो । संघमा भएको छलफलले अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।
एक्सएल अण्डा फार्म मूल्य प्रतिपेटी तीन हजार १४०, ठूलो अण्डा तीन हजार र मझौलाको दुई हजार ६५० कायम गरिएको छ । योसँगै किसानलाई केही राहत मिल्ने संघले जनाएको छ । नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ दशमलव ५६ पर्न आउँछ । संघका अनुसार अण्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेको हो।
तपाईलाई केहि भन्नु छ ?