अर्थको अर्थ ३२ औं वर्षमा

साझाकथा, काठमाडौं ।  साप्ताहिक टेलिभिजन कार्यक्रम “अर्थको अर्थ”  ३१ वर्ष पुरा गरी ३२ औं वर्षमा प्रवेश गरेको छ । आर्थिक गतिविधिका विभिन्न पाटापक्षलाई केलाउँदै समाचार एवं विशेष कार्यक्रमको रुपमा निर्माण गरी आइविएन मिडिया एण्ड रिचसर्च प्रा.लिले उत्पादन गरिरहेको कार्यक्रम अर्थको अर्थ  नेपाल टेलिभिजनमा विगत ३१ बर्ष देखि निरन्तर प्रसारण हुँदै आएको  कार्यक्रम हो ।

“तीन दशकभन्दा बढी अनवरत यात्रा तय गर्दै यस अवस्थासम्म आइपुग्न स्थापनाकालदेखि हामीलाई सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, निजि क्षेत्रका विभिन्न प्रतिनिधिमुलक संस्थाहरु, अर्थशास्त्री र विज्ञापनदाता लगायत आम दर्शकवृन्दप्रति आभार व्यक्त गर्दछौं ।” आइविएनद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
आइविएन मिडियाले आगामी दिनमा आर्थिक क्षेत्र अझै विस्तार भई आर्थिक गतिविधिहरु चलायमान हुँदै जाने र आर्थिक क्षेत्रले अझ बृहत्तर प्रगती गर्दै  नयाँ फड्को मार्ने विश्वास समेत व्यक्त गरेको छ ।
तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?