Ad Banner

कविता पठाउन आह्वान

नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली कविहरुसँग राष्ट्रिय कविता महोत्सव २०८२ का लागि कविता माग गरेको छ।  प्रतिष्ठानले आगामी जेठ २० सम्म स्वयं उपस्थित भएर वा इमेलमार्फत  कविता पठाउन आह्वान गरेको हो।

कविता महोत्सव समावेशी सहभागितामूलक र बहुभाषी गरिने हुँदा नेपालका सबै भाषा वा मातृभाषामा लेखेर पठाउन सकिने प्रतिष्ठानले जनाएको छ। मातृभाषामा पठाइएका विकता अनिवार्य रुपमा अनुवादसहित हुनुपर्नेछ। प्राप्त कविताहरुमध्ये उत्कृष्ट १० लाई ४० हजार रुपैयाँ नगद र कदरपत्रले सममन गरिनेछ।

कविता पूर्णतः मौलिक तथा राष्ट्रिय कविता महोत्सव २०८२ सम्पन्न नभएसम्म कुनै पनि विद्युतीय वा छापा माध्यमबाट प्रसारित र प्रकाशित नभएको हुनुपर्ने शर्त राखिएको छ। म्याद नाघी आएका र तोकिएको मापदण्डविपरीत रहेका कवितालाई महोत्सवको मूल्यांकन प्रक्रियामा समावेश नगरिने पनि उल्लेख गरिएको छ।

यो पढ्नु भयो ?