Ad Banner

विद्यार्थीको अनुरोधमा सारियो दुर्गेशको कन्सर्ट

साझाकथा , काठमाडौँ  । यही वैशाख १८ गते बौद्धस्थित हायात ग्राउन्डमा हुने भनिएको उनको सांगीतिक कार्यक्रम रोकिएको हो। आयोजक ट्राइएङल इन्कका प्रमुख कार्यकारी आशिष दाहालले कक्षा १२ का धेरै विद्यार्थीबाट म्यासेज आइरहेकाले कन्सर्टको मिति सार्ने निर्णय गरिएको बताए। केहदिनि भित्रमा पत्रकार सम्मेलन गरी  अर्को मितिबारे जानकारी दिने आयोजक ट्राइएङल इन्कले जनाएको छ ।

विद्यालय शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित काठमाडौँमा चैत २० देखि जारी शिक्षक आन्दोलनका कारण वैशाख ११ गते गर्ने भनिएको कक्षा १२ को वार्षिक परीक्षा पनि वैशाख २१ का लागि सारिएको छ।काठमाडौँमा हुने  कन्सर्टकै तयारीका लागि भनेर दुर्गेश अन्य स्टेज कार्यक्रममा पनि गएका थिएनन्। तर कन्सर्ट सारिएपछि उनी विभिन्न कार्यक्रमहरुमा  सहभागी हुन थालिसकेका छन् । पछिल्लो समय दुर्गेशको दुस्मन हेरेको हेर्‍यै गीत चर्चामा छ।

यो पढ्नु भयो ?