आजबाट सरकारको नीति तथा कार्यक्रममाथि छलफल

साझाकथा, काठमाडौं , आगामी आर्थिक वर्ष २०८२र८३ को  सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजबाट दुवै सदनमा छलफल आरम्भ हुने संसद् सचिवालयले जनाएको छ।  संसद्का दुवै सदनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।

राष्ट्रपति रामचन्द्र पौडेलले गएको शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। संसद्‍मा सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि ५१ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्। प्रतिनिधिसभामा ३७ र राष्ट्रिय सभामा १४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका संसद् सचिवालयले जनाएको छ। संसद्का दुवै सदनबाट यही वैशाख २८ गते नीति तथा कार्यक्रम पारित गर्ने तय भएको छ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?