साझाकथा, काठमाडौं , नागढुंगा–नौविसे सडकखण्ड अन्तर्गत नागढुंगा–पिपलामोड सडक मर्मतका लागि वैशाख २२ गतेदेखि ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म सवारी साधन सञ्चालनमा दैनिक ४ घण्टा आंशिक रोक लगाइने छ ।
सो समय अवधिमा काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारी साधनलाई नागढुंगा चेकपोस्टमा रोकिने छ ।यसैगरी नौविसेबाट काठमाडौंतर्फ आउने हलुका तथा भारी सवारी साधनलाई खत्रीपौवा पुलमा रोकिने नागढुंगा मुग्लिङ सडक योजनाले जनाएको छ। बिरामी बोकेका एम्बुलेन्स, प्रहरीका सवारीसाधन तथा दमकल भने आउजाउ गर्न पाउने छन् ।
तपाईलाई केहि भन्नु छ ?