काठमाडौं । क्लोजअपले ‘भ्वाइस अफ नेपाल सिजन ६ का विजेता’ प्रोशेष पाण्डेलाई एक लाख रूपैयाँ पुरस्कार प्रदान गरेको छ । सो पुरस्कार युनिलिभर नेपालका कानून प्रमुख तथा कम्पनी सचिव गोविन्द शाहीले प्रदान गरेका हुन् ।
क्लोजअपले सधैं संगीत र आत्मविश्वासको आत्माको साथ आफूलाई जोड्दै आएको छ । “क्लोजअपले सधैं आत्म–अभिव्यक्ति र ताजगीको विश्वासमा अडिग रही मानिसहरूलाई एक–अर्कासँग नजिक ल्याउने प्रयास गर्दै आएको छ । भ्वाइस अफ नेपाल जस्तो प्लेटफर्मसँगको सहकार्यले हामीलाई नयाँ प्रतिभालाई उजागर गर्न र सम्पूर्ण दर्शकसँग जोडिन सघाएको छ,” क्लोजअपका प्रतिनिधिले बताए ।
तपाईलाई केहि भन्नु छ ?