साझा कथा। अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले, ‘5.5 बेस्ट प्राइस, बेस्ट डिल’ अभियान घोषणा गरेको छ । ७५ प्रतिशतसम्मको छुट, निःशुल्क होम डेलिभरी र १ करोड रुपैयाँबराबरको भौचर सहितको यो विशेष अभियान वैशाख २२ देखि २६ गतेसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।
अभियान अवधि भर ग्राहकहरूले प्रतिष्ठित ब्रान्डका बिभिन्न उत्पादनहरूमा दैनिक फ्ल्याश सेलमार्फत सबैभन्दा कम मूल्यमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् ।
साथै, बेस्ट प्राइस ट्यागसहितका उत्पादनहरू खोजेर अझ बढी बचत गर्न सकिने कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ । ग्राहकहरूले न्यूनतम रु ४९९ खर्च गरी चुनिएका बिक्रेताहरुबाट उपलब्ध गरिएका उत्पादनहरूमा निःशुल्क डेलिभरी सुविधा पनि प्राप्त गर्न सकिनेछ । यसका लागि दराज एपको होम पेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी फ्रि डेलिभरी पेजबाट भौचर संकलन गर्न सकिनेछ ।