विद्युत् नियमन आयोगको छैटौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ ।  विद्युत् नियमन आयोगकोले आफ्नो स्थापनाको छैटौँ वार्षिकोत्सव मनाएको छ ।  विगत ६ वर्षदेखि आयोगले ऊर्जा क्षेत्रको समग्र नियमन गर्ने, उत्पादन, प्रसारण, वितरण र उपभोगका हरेक पक्षलाई न्याय दिने, सहजीकरण गर्ने अवरोध फुकाउने  काम गर्दै आएको छ  ।
विद्युत् नियम आयोग ऐन २०७४ अनुसार २०७६ वैशाख २३ गते स्थापना भई सञ्चालनमा आएको आयोगले ऐन बमोजिम विद्युत् महसुलको नियमन गर्ने, उपभोक्ताको हकहित संरक्षण गर्ने, विद्युत् बजारलाई प्रतिस्र्धात्मक बनाउने, विद्युत् सेवालाई भरपर्दो, सर्वसुलभ तथा गुणस्तरीय बनाउने जस्ता जिम्मेवारी पूरा गर्न ‘आयोगको ५ वर्षे मार्गचित्र २०८१’ लागु गरी काम गरिरहेको अध्यक्ष डा रामप्रसाद धिताले बताए ।  
आयोगमा नयाँ पदाधिकारी नियुक्त भइसकेपछि अनलाइन डाटा म्यानेजमेन्ट सिस्टम सञ्चालनमा ल्याउने जस्ता नयाँ कामहरू अघि बढाइएको आयोगले जनाएको छ । वार्षिकोत्सव कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने ७ कर्मचारीलाई आयोगले नगद पुरस्कारसहित सम्मान समेत गरेको छ । पुरस्कृत हुनेहरूमा आयोगकी सचिव मनदेवी श्रेष्ठ, शाखा अधिकृत विकास डङ्गोल, इन्जिनियर सन्दीप न्यौपाने, इन्जिनियर विशाल श्रेष्ठ, नायव सुब्बा हिमलाल सापकोटा, नायव सुब्बा भगवती बस्नेत र खरिदार पूजा आचार्य रहेका छन् । पुरस्कृत हुनेहरुले १० हजारदेखि २५ हजार रुपैयाँसम्म नगद पुरस्कार प्राप्त गरेका छन् ।
तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?