Ad Banner

भारतले दियो १५ वटा विद्युतीय गाडी

साझाकथा, काठमाडौ ।  मे १६‐१८ मा आयोजना हुने सगरमाथा संवाद का लागि भारत सरकारले  १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ। आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच परराष्‍ट्रमन्त्री आरजु राणा देउवालाई भारतीय राजदूत नवीन श्रीवास्तवले गाडी हस्तान्तरण गरेका हुन्।

राजदूत श्रीवास्तवले भारत सरकारले  सगरमाथा संवादका लागि सवारीसाधन उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गरे। उनले जलवायु परिवर्तनको चुनौती यस क्षेत्रकै साझा समस्या रहेकाले यसको समाधानमा अवलम्बन गरिने उपायहरूमा भारत सरकार नेपालको साथ रहेको पनि बताए।

मन्त्री राणा  ले नेपालले आयोजना गरेको सगरमाथा संवादका लागि उपलब्ध गराएको सो सहयोगका लागि भारत सरकारलाई धन्यवाद ज्ञापन गरिन्।

यो पढ्नु भयो ?