Ad Banner

कर्नालीका छाइला युट्युबमा रिलिज

Featured Video Play Icon

लोकरक ब्यान्ड ‘नेपथ्य’ले कर्णालीको भेगलाई पछ्याउँदै तयार पारेको  गीत  ‘कर्नालीका छाइला’ आजबाट युट्युबमा रिलिज गरिएको छ ।

लोकभाकाको मूललाई समातेर आफ्नै मौलिक शैलीमा भूषण दाहालको निर्देशनमा नेपालयका लागि अल थ्री मिडिया घरले यस गितको म्युजिक भिडियो तयार पारेको हो ।कर्णालीमै आधारित भएर  हालै त्यस भेगको यात्रा गरी  तयार गरीएको म्युजिक भिडियोमा डिओपी डोरबहादुर कटुवाल  कुमार हुन भने  कर्नालीका छाइला म्युजिक भिडियोको सम्पादक पदम तिमिल्सिनाले गरेका छन् । यस भिडियोमा ड्रोन पाइलटको भुमीकामा प्रकाश गोपाली रहेका छन् ।

नेपथ्यसँग काम गर्दा आफूले सदैव मित्रवत् चुनौती महसुस गर्ने गरेको दाहाल बताउँछन् । यसपटक भने नयाँ प्रविधि र तन्नेरी पुस्ताका सहकर्मीको साथ पाएर त्यस चुनौतीलाई सहजै सामना गरेको उनले उल्लेख गरे ।

आजबाट सार्वजनिक थलोमा राखिएको उक्त  गीत हेर्न चाहने दर्शकले नेपथ्यको युट्युबमा जानुपर्ने हुन्छ ।

यो पढ्नु भयो ?