कालिका भगवती मन्दिर, जसलाई बागलुङ कालिका भगवती मन्दिर पनि भनिन्छ। पश्चिम नेपालको बागलुङ नगरपालिकाको दक्षिण पूर्वमा अवस्थित एउटा महत्वपूर्ण हिन्दु मन्दिर हो। यो मन्दिर कालीगण्डकी नदीको दक्षिणी किनारमा अवस्थित छ। मन्दिरको प्रांगणमा प्रत्येक मुख्य दिशामा चारवटा प्रवेशद्वारहरू छन्। मन्दिर परिसरमा शिव, राधाकृष्ण, लक्ष्मीनारायण र अन्य देवतालाई समर्पित अन्य साना मन्दिरहरूको विशाल सङ्ग्रह छ। मन्दिरको प्रमुख चाड चैते दसैँ, चैत महिनाको शुक्ल पक्षको आठौं दिन मनाइन्छ, हजारौं भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ?
हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् :📧sajhakatha@gmail.com
चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्।
- फोटोः प्रकाश गोपाली