काठमाडौं , नेपाली भाषा, साहित्य, कला र देशभक्तिप्रति समर्पित फिल्म ‘यो मन त मेरो नेपाली हो’ को ग्राण्ड प्रिमियर बुधबार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा सम्पन्न भएको छ। चलचित्र असार २७ बाट देशभर प्रदर्शनमा आउँदैछ ।
पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधानले निर्माण गरेका हुन् । मित्र प्रधानको निर्देशन रहेको यस चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ । सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स ,कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी , सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ ।
चलचित्रको प्रिमियर हेर्न पुगेका पत्रकार टिकाराम यात्री ,लोकगायक बद्रि पगेनी ,राधिका हमाल, नृत्य निर्देशक कमल राई ,निर्देशक राजेन्द्र सलभ , ऋषि लामिछाने, पूर्व संसद महेन्द्र लिम्बु, सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल , निर्माता राजकुमार राई , कलाकार संघका अध्यक्ष मोहन निरौला ,निर्देशक समाजको अध्यक्ष जनकदीप पराजुली , प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा , कमेडियन दिनेश काफ्ले लगायतले चलचित्र ‘यो मन त मेरो नेपाली हो’ विश्वभर रहेका हरेक नेपाली हेर्नुपर्ने चलचित्र बनेको बताएका थिए ।
चलचित्रका मुख्य कलाकारहरु विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई,आयुशा समाल, बुद्धि तामाङले प्रिमियरमा उपस्थितिले चलचित्रको खुलेर तारिफ गर्दा चलचित्र चल्नेमा आफुहरु ढुक्क रहेको बताए ।