२०८१ को उत्कृष्ट फिल्म : शाम्बाला 

२०८२ असार ३१, मंगलवार

राष्ट्रिय चलचित्र पुरस्कार २०८१ मा मीन भाम निर्देशित फिल्म  शाम्बाला ले  उत्कृष्ट फिल्मको पुरस्कार जितेको छ ।

चलचित्र विकास बोर्डको आयोजनामा सोमबार राष्ट्रपति कार्यालय शिलत निवासमा भएको समारोहमा उत्कृष्ट निर्देशकको पुरस्कार पनि शाम्बालाबाट मीन भामले पाएका छन्।

२०८१ सालमा प्रदर्शनमा आएका फिल्मबाट पुरस्कार बाँडिएको हो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको सभापतित्व र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङको विशेष अतित्थ्यमा समारोह भएको थियो।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?