समुद्री सतहदेखि २२६६ मिटरको उचाइमा अवस्थित डहरे देउरालीबाट हिमाली र पहाडी भू–दृश्यहरूको अत्यन्त सुन्दर झलक प्राप्त गर्न सकिन्छ। यहाँबाट स्याङजा, पर्वत र कास्की जिल्लाका विभिन्न क्षेत्रहरू सहजै देख्न सकिन्छ। स्याङजा र पर्वतको सीमामा पर्ने यस स्थानमा पुग्न गुराँसले ढकमक्क ढाकिएको वनमार्ग पार गर्दै उकालो लाग्नुपर्छ। यात्राका क्रममा देखिने मनमोहक दृश्यहरूले थकाइ नै हराउँछ।
यस स्थानबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरीलगायतका हिमशृङ्खलाहरूको अवलोकन गर्न सकिन्छ। साथै, बाग्लुङ बजार, पर्वतको सदरमुकाम कुस्मा, कार्कीनेटा, पञ्चासे, आरुचौर, रापाकोट तथा कास्की जिल्लाको पुम्दीभुम्दीमा रहेको विश्व शान्ति स्तुपा र पोखराका केही भागहरू समेत यहाँबाट स्पष्ट देखिन्छन्। यी विशेषताहरूले डहरे देउरालीलाई एक महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाएका छन्।
तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ?
हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् –
📧 sajhakatha@gmail.com
चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्।
- फोटोः प्रकाश गोपाली