साझाकथा,काठमाडौं । चालु आर्थिक वर्ष २०८१ / २०८२ को एघार महिनामा राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार नबिल बैंक सबैभन्दा धेरै ६ अर्ब ४० करोड रूपैयाँ नाफा कमाउने बैक बन्न पुगेको छ ।
यसपछि नाफा रकम आधारमा दोस्रो स्थानमा ग्लोबल आइएमइ बैंक छ। बैंकले ६ अर्ब ३ करोड रूपैयाँ नाफा कमाएको छ। त्यस्तै, पाँच अर्ब ६८ करोड सहित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो स्थानमा छ। एभरेष्ट बैंकले चार अर्ब २४ करोड रूपैयाँ र नेपाल बैंकले तीन अर्ब सात करोड रूपैयाँ नाफा कमाएर चौंथो र पाँचौं बैंक बनेका छन्।
जेठसम्मको तथ्यांकले बैंकहरूको नाफामा सुधार भइरहेको देखिएको छ। असार मसान्तसम्म बैकहरूको कर्जा असुलीमा सुधार भइरहेकोले यसपटक नाफा थप बढ्ने अनुमान गरिएको छ।