Ad Banner

हृदयन्द्रलाई कर्णालीकी छोरीको प्रश्नः हाम्रो नेपाल समृद्ध कहिले हुन्छ होला ? (भिडियोसहित)

Featured Video Play Icon

साझा कथा । आज साउन १४ गते । पूर्वयुवराजा पारस शाह तथा पूर्वयुवराज्ञी हिमानी शाहका छोरा हृदयन्द्र शाहको जन्म दिन । उनी विसं २०५८ साल साउन १४ गते काठमाडौंस्थित नारायणहिटी राजदरबारमा जन्मिएका हुन् । जन्मदिनको अवसरमा उनलाई आफन्तजन, शुभेच्छुक तथा सर्वसाधारणहरुले बिहानैदेखि शुभकामना दिइरहेका छन् । तत्कालीन श्री ५ ज्ञानेन्द्र शाहबाट उनलाई जन्मेकै दिन श्री ५ नवयुवराजधिराज घोषित गरिएको थियो भने २०५९ साउन २४ गते हृदयेन्द्र वीर विक्रम शाहदेव नामाकरण गरिएको थियो ।

उनको सकृयता प्रत्यक्ष रुपमा राजा बन्नका लागि जस्तो नदेखिए पनि विभिन्न धार्मिक कार्यक्रमहरुमा सहभागि हुने, देश घुम्ने र चिन्ने तथा आफ्नो लोकप्रियता बढाउने खालको देखिन्छ । यही सन्दर्भमा उनी पछिल्लो समय कर्णालीको राजधानीको रुपमा परिचित जुम्ला पुगेका थिए । जुम्लामा रहेर उनले विभिन्न ठाउँको अवलोकन गरे । जुम्लाको प्रख्यात तिला नदीमा उनी केही समय भुले भने कर्णाली प्राविधिक शिक्षालय र जुम्लामा रहेको डुडल चैत्यमा लामै समय बिताएका थिए । त्यससँगै, सो क्षेत्रमा भेटेका स्थानीयहरुसँग खुलेर कुराकानी गरेका थिए । कुराकानीका सन्दर्भमा केही जिज्ञासा उनले राखेका थिए भने केही जिज्ञासा स्थानीयवासीहरुको थियो । डुडल चैत्यमा भेट भएकी पन्चकली बुढा नाम बताउने एक कर्णालीकी चेलीले हृदयन्द्र शाहलाई सोधिन् – हाम्रो नेपाल समृद्ध कहिले हुन्छ होला ?

यिनै प्रश्नका जवाफसहित आफू घुमेको भिडियो आज हृदयन्द्र शाहले जन्मदिनको अवसरमा फेसबुकमा शेयर गरेका छन् । १५ मिनेट लामो भिडियोमा विशेषतः जिम्लाको प्राकृतिक सौन्दर्यता, भौगोलिक अवस्था, रहनसहन, जनजीवन र पर्यटकीय गन्तव्यहरुको बारेमा वर्णन गरिएको छ । सँगै, भिडियोको अन्त्यमा जुम्लाको सौन्दर्यता देखेर आश्चर्य लागेको र पुनः घुम्न आउने बताएका छन् ।

यो पढ्नु भयो ?