धनगढी एक उप(महानगरपालिका हो र नेपालको सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको जिल्ला सदरमुकाम हो। यसको दक्षिणमा भारत, उत्तरमा गोदावरी र गौरीगंगा नगरपालिका, पूर्वमा कैलारी गाउँपालिका र पश्चिममा कञ्चनपुर जिल्लासँग सिमाना जोडिएको छ। धनगढी १९ वडामा विभाजित उप(महानगरपालिका हो। यसको क्षेत्रफल २७१।७४ वर्ग किलोमिटर छ। यो महेन्द्रनगरसँगै नेपालको सुदूरपश्चिम प्रदेशको प्रमुख शहरहरू मध्ये एक हो। यो शहर काठमाडौँबाट लगभग ७५० किलोमिटर पश्चिममा महाकाली राजमार्गसँग जोडिएको छ।
तपाईं सँग कुनै रमाइलो, जानकारीमूलक वा प्रेरणादायी फोटो छ ?
हामीसँग साझेदारी गर्न चाहनुहुन्छ भने, कृपया तपाईंको फोटो र विवरण हामीलाई इमेल गर्नुहोस् –📧 sajhakatha@gmail.com
चयन गरिएका फोटोहरू आजको तस्वीर मा प्रकाशित गरिनेछन्।
- फोटोः प्रकाश गोपाली