Ad Banner

आन्दोलनका क्रममा लुटिएका हतियार लगायत सामान बुझाउन प्रहरीको अपिल

काठमाडौं । नेपाल प्रहरीले भदौ २३ देखि २५ गतेसम्म भएका प्रदर्शनका क्रममा हराएका हातहतियार, सञ्चार सामग्री, सवारीसाधन तथा अन्य भौतिक सामग्रीहरू फिर्ता गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रहरीका अनुसार सो अवधिमा भएका आन्दोलन र प्रदर्शनका क्रममा नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायहरूका विभिन्न सामग्री नियन्त्रणमा लिइएको वा कतै फेला परेको हुन सक्ने भएकाले ती वस्तुहरू नजिकको प्रहरी वा सुरक्षा निकायको कार्यालयमा बुझाउन आग्रह गरिएको हो। यसका लागि जिल्ला प्रहरी कार्यालय, प्रहरी कन्ट्रोल १००, टोलफ्री नम्बर १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नम्बर ९८५१२९३४५९ मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।

साथै,आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएका प्रहरीका पोशाकहरू दुरुपयोग नगर्न र सोसँग सम्बन्धित जानकारी भए तत्काल प्रहरीलाई उपलब्ध गराउन पनि प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पढ्नु भयो ?

0
Would love your thoughts, please comment.x
()
x