जेनजी आन्दोलनमा ज्यान गुमाएकाको अन्तिम बिदाइ

२०८२ भाद्र २७, शुक्रबार

काठमाडौं । जेनजी युवाहरुले गरेको प्रदर्शनको क्रममा ज्यान गुमाएका चार युवाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरुले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन् ।अन्तिम बिदाइको क्रममा अभिभावक र आफन्त भावविह्वल थिए । यही भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुमा समेत गरी  तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?

0
Would love your thoughts, please comment.x
()
x