एक जुगमा एक दिन एकचोटी आउँछ
उलटपुलट उथल पुथल हेरफेर ल्याउँछ
कवि गोपाल प्रसाद रिमालले भनेको त्यो दिन २३ भदौ सेप्टेम्बर ८ हो । यो बिष्फोटको दिन हो । क्रान्तीको प्रारम्भको दिन हो । रुपान्तरणको दिन हो ।०६२र०६३ को राजनीतिक परिवर्तन कै संधारमा जन्मिएको यो पुस्ताले ०६३ को औचित्य अब समाप्त भयो भनेर घोषणा गरेको दिन हो । दुई दशकको गणतन्त्रको नाममा दलतन्त्रको सकसबाट मुक्तीको साँस फेर्न आँट गरेको दिन हो । यो जेनजी दिन हो र अब उलट पुलट हुनेछ र हुनैपर्छ नत्र प्रहरीको गोली वाट मारिएका युवाहरुको आँट र बलिदानको अपमान हुनेछ।
इतिहासमा यो आन्दोलन लाई सामाजिक सन्जाल खुलाउन गरिएको आन्दोलन नभनियोस् या के पी वली हटउन गरिएको आन्दोलन मात्र नसम्झियोस ।केपी वलीले राजीनामा दिने अनि शेरबहादर वा प्रचण्ड प्रधानमन्त्री बन्नका लागी होइन न कि राजा राप्रपा वा रास्वपा सम्मीलित बहुदलिय सरकार बनाउन का लागी हो । अनि सेनालाई सत्ता हत्याउन दिएर सेनाशाषण को अनुभव गर्नका लागी पनि यो आन्दोलन गरिएको थिएन । यो आन्दोलन राज्य सम्रचनालाई आफ्नो मुठ्ठीमा राखेर अमानबियता र अराजकताको नाङ्गो नाच गर्न सक्ने गरी निर्माण गरिएको प्रणाली र प्रवृत्तीको पूर्ण समाप्त गर्न गरिएको हो। जनहित सोँच्ने र कर्म गर्ने राज्य प्रणाली निर्माणका लागी हो । अर्थात पूर्ण हेरफेरका लागी हो। यो आन्दोलन आजसम्म सत्तामा बसेर देश र जनतालाई आन्तरिक गुलाम बनाउने हरेक शाषक र उनका सेवकहरुको विरुद्ध हो । अझ भनौ यो विद्रोह त यस्ता सरकार बनाउन भोट हाल्नेहरु हरेक बाउ आमा दाजु दिदी हरु विरुद्ध पनि हो । यो विद्रोह ०४६ पछिका सत्ता दाउपेच खेल्ने हरेक खेलाडीहरुको विरुद्ध हो।
जेन जी पुस्ता जन्मेपछि को समयमा राजनीतिक दलहरु लोकतन्त्र र गणतन्त्र को आदर्शमयी शब्दहरुको आवरण भित्र दलतन्त्रकै अभ्यास गरिरहेका थिए ।उनीहरु सत्ताको छिनाझिप्टी भागबण्डा र एकता विभाजनको खेलमा यति लिप्त थिए कि त्यो समयमा जन्मिएको पुस्ता ले आफ्नो भविष्य पूर्ण अन्धकार देख्यो। दलतन्त्रको दलदलमा यो देश यति अशुरक्षित भएर गयो कि यो देशमा जन्मदै भविष्य विदेशमा खोज्नुपर्ने अवस्था बन्यो। चुनाब केवल ललिपप जस्तैमा सिमित भैदियो। यो निराशा अशुरक्षा र पिडा विचवाट जेनजीले भन्यो ू अब अति भयो, बदल्नु छ अब ू अनि भयो जेन जी क्रान्ती ।
नेपालको इतिहासमा जबजब एक किसिमको तानाशाह प्रणालीवाट देशलाई मुक्त गर्ने प्रयत्न भएको छ तब ती रुपान्तरणमा संघर्ष गर्ने पक्षनै तानाशाह प्रवृत्तिमा आफै रूपान्तरीत भएको तीतो यथार्त छ। जनताको समर्थन लाई उनीहरुले आफ्नो शक्ति प्रदर्शनको अवसरको रूपमा लिए र आफ्नो दायित्व निभाउने भन्दा पनि आफ्नो कुण्ठा मा रमाउन सदाका लागी शक्तिशाली बन्ने प्रयत्नमा लिप्त भए। शक्तिशाली जनताको उद्देश्यपरक प्रतिनिधी हुँ भनेर नैतिकता र विवेकपूर्ण तरिकाले जनमतको शक्तिको सदुपयोग गर्नुपर्नेमा जनताको प्रतिनिधि हुँ भनेपछि जे गर्न पनि पाइयो भन्दै शक्तिको दुरुपयोग गरेर त्यही जनतालाई दमन गर्ने र लुट्ने प्रवृत्तिमा रूपान्तरित भए।निराशा चरममा पुगेपछि विद्रोह हुन्छ अनि केही झिनो आशा जन्मन्छ फेरी त्यही आशा निराशामा बदलिएको चक्र हामीसँग थुप्रै यथार्त छ। त्यही भएर जनता सँधै पिडित भैरहे।
यही यथार्त भित्रवाट दलतन्त्र र परिवारतन्त्र को नाङ्गो नाँचको बिरुद यो चक्रलाई सदाकालागी रोक्न यो पुस्ताले रोजेको हो नेपालतन्त्र । जेनजी को हातमा केवल झण्डा थियो त नेपालको ।युवाहरुको रगतले भिजेको थियो त केवल झण्डा नेपालको । अब नेपाल र नेपाली मात्र केन्द्रमा रहने गरेर हुने यो रुपान्तरण को अभियानलाई निष्कर्षमा पुराउनु कहि चुक्नु हुँदैन ।
देशले नयाँ मार्गमा हिडने स्पष्ट लक्षण देखाइसकेको यो अवस्थामा देशलाई पुरानै मार्गमा हिडाउन र आफुहरुनै सत्ता हडपिरहन राजनीतिक रूपमा कुटिल खेल खेलिनेछ ।कसैले यो बिद्रोहको श्रेय खान खेल्नेछ भने कसैले हामी नै परिवर्तन को युवा रूप हो भनेर मुखौटा देखाउँदै विज्ञापन गर्नेछ। कसैले एउटालाई खलनायक देखाएर आफ्नो खलनायकी लुकाउने कोसिस गर्नेछ भने कसैले सम्झौताको नयाँ गोटी खेल्नेछ । आन्दोलनको क्रममा भएको धुसपेट बाट ती समृहहरुले यो आन्दोलनलाई धुमिल्याउन कोशिश गरेको स्पष्ट देखिन्छ तर आन्दोलनको नियत देशहितमा भएको हुँदा जेनजी क्रान्ती जोगियो ।यस्ता खेलहरुवाट हामी सबै सतर्क हुनुपर्छ र स्पष्ट मार्गमा अगाडी बढ्नुपर्छ।अब पहिलो प्राथमिकता राजनीतिक रूपान्तरण प्रकृयाको लागी जेनजी नेतृत्वको विशेष नागरिक सरकार बनाउनु पर्छ। अनि विशेष अध्याधेस मार्फत संविधान संसोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी को प्रावधान राखेर नयाँ विधीको चुनाब तत्काल गराउनुपर्छ । यो प्रकृयामा अवरोध ल्याउने हरेक नीति र सम्रचनालाई आवश्यकता अनुसार खारेज गर्नुपर्छ। जेनजी आन्दोलनको प्रमुख माग भनेको भ्रष्टाचार रहेको हुँदा विशेष अधिकार सहितको भ्रष्टाचार छानविन आयोग गठन गरिहाल्नु पर्छ। यो गर्न ढिलाई गर्न हुन्न।
अबको राजनीतिक निकास यसरी निकालेपछि यो रुपान्तरण लाई स्थायी गर्न नैतिकता र ज्ञानको जग पनि बलियो बनाउनु पर्छ ।राजनीतिक रुपान्तरण देश र जनताको हितमा गर्न राजनीतिक दर्शनमा स्पष्टता ल्याउने आधारभुत काम गर्नुपर्छ । व्यक्तिगत र सामुहिक नैतिकतालाई अवलम्बन गर्नुपर्छ तथा राष्ट्रिय बिकासको योजनागत न्यारेटिभ लाई साझा सपना बनाउनुपर्छ । हिजोको राजनीतिक परिवर्तनको जग ज्ञानकै आधारमा ठडाइएको थियो तर शाषण सत्तामा आएपछि ज्ञान हैन अहमलाई साधन बनाइयो । बिवेक र नैतिकता को सब सम्रचणा क्षतविक्षत पारियो । त्यसपछि जे मनलाग्छ त्यही गरियो । अब त्यस्तो हुन दिने होइन । त्यो गल्ती गर्ने होइन।
अबको रूपान्तरण लाई स्थायी तथा जनहित र राष्ट्रहित मा उपलब्धी मुलक बनाउन ज्ञान र चेतनाको आधारभूत जग बलियो बनाउने
हो जसले स्पष्ट मार्गदर्शन दिने र आवश्यक पर्दा खबरदारी गर्ने भूमिका खेल्नेछ।
अबको आवश्यकता हो व्यक्ति र समुह विचको सह अस्तित्वको समृद्धी ।मानब जातीले आफ्नो व्यक्तिगत अस्तित्वको रक्षा र समृद्धीको व्यवस्थापन गर्ने आविष्कार गरेको राष्ट्र र सरकार नामक संस्था मानव प्रति उत्तरदायी बनाउने अबको मूल आवश्यकता हो। अनि व्यक्ति र राष्ट्रविच स्पष्ट श्रृजनशिल र समाधानमुखी राजनीतिक सम्झौता । अव मानव भएर यो नेपाल धर्तीमा जन्मिएका र जन्मने हरेक अस्तित्वले आफ्नो मानबिय क्षमताको पूर्ण बिकास विस्तार र उपयोगिता आत्मसाथ गर्न सक्ने आधारको निर्माण हाम्रो आवश्यकता हो।
नेपालीले विश्वका थुप्रै देशका सार्थक राजनीतिक रुपान्तरणको कथाहरु पढयो सुन्यो र देख्यो अब नेपालले विश्वलाई देखाउनेछ
सुनाउनेछ एक त्यस्तो कथा जुन सुनेर पढेर विश्वका मान्छेले भन्नेछन् नेपालीले चाह्यो भने के गर्न सक्दैन र रु एउटा उत्प्रेरणाको कथा
लेख्नेछ जेनजीको नेतृत्वमा नेपालले ।