जेनजी आन्दोलनमा तोडफोड भएका सामग्री अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा थुपारिने

साझाकथा, काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएका सवारी साधन, उपकरण र फर्निचर बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा थुपार्ने भएको छ ।

मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले उक्त निर्णय गरेको हो ।“२०८२ भदौ २४ गते सिंहदरवार परिसरमा भएको आगजनी र तोडफोडको क्रममा आगोले जलेर पूर्णरूपमा क्षति भएर प्रयोगमा आउन नसक्ने प्रकृतिका सवारी साधन र जलेर वा तोडफोडवाट ध्वस्त भएका विभिन्न यन्त्र, उपकरण तथा फर्निचरलाई तत्कालका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ वानेश्वरको पछाडिको भागमा थुपारिनेछ,” बैठकको निर्णयमा भनिएको छ । बैठकको निर्णयमा भनिएको छ, “ध्वस्त भएका सवारी साधन, उपकरण र फर्निचरलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयले सिंहदरवार परिसरबाट अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ वानेश्वर लैजाने व्यवस्था मिलाउनेछ ।”

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाटै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन तथा नियमावलीले तोकेको प्रकृयाबमोजिम तत्काल लिलामीरनष्ट गर्ने प्रकृया अघि बढाउने निर्णय पनि बैठकले गरेको छ । जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते प्रदर्शनकारीले सर्वोच्च अदालत, सिंहदरबार र त्यहाँभित्र रहेका विभिन्न मन्त्रालय तथा संसद् भवन लगायत निजी र व्यापारिक भवनमा आगजनी गरेका थिए । प्रदर्शनकारीले ती स्थानमा रहेका सयौँ सवारी साधनमा पनि आगजनी गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Madelyn3443
14 hours ago

यो पढ्नु भयो ?

1
0
Would love your thoughts, please comment.x
()
x