साझाकथा, काठमाडौँ । भदौ २३ को आन्दोलन र २४ को प्रर्दशनको क्रममा क्षति भएका सवारी साधन प्रतिस्थापनका लागि ऋण लिनुपरे सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा पाइने भएको छ । राष्ट बैंकले परिपत्रमार्फत शुक्रबार उक्त व्यवस्था गरेको हो ।
आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिनेछ,’ परिपत्रमा भनिएको छ ।

तपाईको विचार
0 प्रतिक्रिया