साझा कथा । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधनका क्रममा व्यक्त गरिएका विषय आगामी नीति तथा कार्यक्रममा समेटिने विश्वास व्यक्त गरेकीछन् ।
प्रतिनिधिसभामा सांसद नवनिर्वाचित भएपछिको पहिलो संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले तीनै तहका सरकारी संयन्त्र नागरिकका आकाङ्क्षा पूरा गर्न लाग्ने विश्वास व्यक्त गरिन ।
नेपाल र नेपालीको सद्भावनालाई कायम राख्दै मित्र राष्ट्रले विगतमा जस्तै आगामी दिनमा पनि सहयोग गर्ने आशा लिएको उनको भनाइ थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले-मुलुकको राजनीतिक गतिले लय समातिसकेकाले अब विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित हुुनुपर्ने बताएकी छन् ।
सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रमा देखिएका समस्याको समाधानको खोजी गर्न आवश्यक रहेको बताइन । उनले अर्थतन्त्र सुधार्न आन्तरिक उत्पादन वृद्धिका लागि समन्वयात्मक रुपमा काम गर्नुपर्ने खाँचो औँल्याइन् ।
राष्ट्रपति भण्डारीले भनिन, “कृषि उत्पादनलाई केन्द्रमा राखेर समयमै मल, बीउ, प्रविधि तथा उपकरण सहज रुपमा उपलब्ध गराउनुपर्छ ।” कृषिमा पूर्णकालीन रोजगारी उपलब्ध गराउनु आवश्यक रहेको उल्लेख गर्दै उहाँले गरिबी न्यूनीकरणका लागि उद्योग क्षेत्रको रोजगारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन ।
राष्ट्रपति भण्डारीले कामका लागि युवा विदेसिने अवस्थाको अन्त्य गर्न मुलुकभित्रै रोजगारी सिजर्नाका लागि सार्वजनिक र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताइन । उनले सबैले गुणस्तरीय शिक्षा पाउनुपर्ने जनताको नैसर्गिक अधिकारका लागि गुणस्तरीय शिक्षाका साथै जीवनोपयोगी पाठ्यक्रम र पठनपाठन पनि आवश्यक रहेकामा जोड दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र कानुनले प्रत्याभूति गरेका विषयहरु पूर्ण रुपमा अवलम्बन गर्न अझै बाँकि रहेको बताइन । उनले आफ्नो नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि पुनर्विचार गर्न सरकारलाई आग्रह समेत गरिन । उनले महिलामाथि हुने सबै प्रकारणको हिंसा अन्त्य हुन नसक्नुको कारणको खोजी गर्नुपर्नेमा पनि जोड दिइन् । उनले भनिन, ‘राष्ट्रपति भण्डारीले स्वास्थ्य क्षेत्रमा लगानी बढाएपनि अझै पनि सुत्केरी महिलाहरुको उपचारको अभावमा ज्यान जाने अवस्था कायमै रहेको उल्लेख गर्दै चिन्ता समेत व्यक्त गरिन । संविधान र कानुनले प्रत्याभूत गरेको विषयहरु पनि हामीले पूर्ण रुपमा अवलम्बन गर्न अझै बाँकि छ ।
हामीले जुन सोचका साथ लैगिक विकासका अवधारणा अघि सारेका थियौं । त्यो परिणाम प्राप्त भएको छ, छैन ? सो को यथार्थ समिक्षा गरी अघि बढनु पर्दछ भन्ने मलाई लाग्दछ । विगतमा भन्दा विद्यालयमा छात्राको उपस्थिति बढेको छ । तर तिनले विद्यालय शिक्षा पूरा गरेका छन कि छैनन ? यसैगरी महिला स्वास्थ्यमा समेत प्रशस्त लगानी गरिएको छ ।
तर रोगप्रतिरोधात्मक क्षमता विकास गर्न हाम्रा प्रयास पर्याप्त छन वा छैनन ? विचारणीय छ । अहिले पनि दूर्गम क्षेत्रमा सुत्केरी हुन नसकेर वा सुत्केरी भएपछिको सामान्य उपचारको अभावमा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ । किन अहिले पनि महिलाहरु विभिन्न किसिमका सामाजिक कुरीतिको शिकार भईरहेका छन ? घरेलु हिंसा, यौन हिंसा र अन्य प्रकारका हिंसाबाट महिलाहरुले अझै पनि किन सुरक्षित महशुस गर्न सकिरहेका छैनन् ? यी प्रश्नहरुको उत्तर खोजिनु जरुरी छ । हाम्रा नीति तथा कार्यक्रम राम्रा हुँदाहुँदै पनि यीनको प्रभावकारी कार्यान्वयन हुन नसकेको कुरा यसमा पुनर्विचार गर्न आवश्यक देख्दछु ।’
राष्ट्रपति भण्डारीले स्वास्थ्य क्षेत्रमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्नका लागि पर्याप्त प्रयास गर्नुपर्ने पनि बताइन ।
नेपालको संविधानमा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।
संविधानको धारा, ९५ को उपधारा, २ मा ‘राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो अधिवेशन हाल जारी छ ।
पूर्ण पाठ https://drive.google.com/file/d/1fmohz0qXPmbBbPyuwgpFFTt-oZ1RYk0h/view

