Ad Banner

राष्ट्रपतिको सवारीका क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित

साझा कथा । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा राष्ट्रिय ट्रमा सेन्टरका डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी  निलम्बनमा परेका छन्। । जिल्ला प्रहरी परिसर काठमाडौँले वरिष्ठ हवलदार शम्भुजंग गुरुङलाई निलम्बन गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी पोशराज पोखरेलले  जानकारी दिए ।

गुरुङ प्रहरी वृत्त जनसेवामा कार्यरत थिए । शुक्रबार नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि अस्पताल परिसर भित्रै प्रहरीले लाठी चार्ज गरी गम्भीर घाइते बनाएको थियो ।  उनको टाउकोमा चोट लागेको छ।

स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक सिंहले शल्यक्रिया सम्पन्न गरी घर निस्किने क्रममा आफ्नो परिचय पत्र देखाउँदा देखाउँदै पनि अस्पताल परिसर भित्रै प्रहरीद्वारा साङ्घातिक आक्रमण भएको थियो ।

यो पढ्नु भयो ?