Ad Banner

“पल शाहको अभावले चलचित्र क्षेत्र नै खल्लो”

साझा कथा । अभिनेत्री पूजा शर्माले अभिनेता पल शाहको अभावले आफूलाई चलचित्र क्षेत्र नै खल्लो लागेको बताएकी छन् । उनले पल शाहलाई सबैसँग मिल्ने आलुको रुपमा चित्रित गर्दै पल सहज र सरल व्यक्ति भएको समेत बताइन ।

चलचित्र मनसँग मनको विशेष शोमा संचारकर्मीसँग कुरा गर्दै शर्माले आफूलाई पल शाह शाहरुख खान जस्तै लाग्ने समेत बताइन् । पल शाहमा कलाकारमा हुनुपर्ने सबै गुण रहेको र उनको अभावमा आफूलाई चलचित्रमा अभिनय गर्न पनि नरमाइलो लागेको उनको भनाई थियो ।

उनले भनिन, ‘पल आलु हो, जसरी आलु सबै तरकारीमा मिल्छ, त्यसरी नै पल पनि नेपाली चलचित्र क्षेत्रमा आलु जस्तै हो, उ सबैसँग मिल्छ । मैले पल नहुँदा अहिले धेरै मिस गरिरहेको छु । जोसँग पनि मिल्ने, जोसँग पनि सहज, जो कसैले पनि उसलाई अप्रोच गर्ने, एउटा कलाकारमा हुनुपर्ने गुण छ, पल जस्तो कलाकार हामीले पाउन गाह्रो छ । अहिले चलचित्र क्षेत्र पल बिना खल्लो भइरहेको जस्तो भएको छ । म आफैँलाई पनि रमाइलो लागेको छैन । पल मलाई शाहरुख लाग्छ, पललाई देख्दा म शाहरुख नै देख्छु ।’

यो पढ्नु भयो ?