Ad Banner

रास्वपाको केन्द्रीय समिति विस्तारसँगै विभिन्न विभाग गठन

साझा कथा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति विस्तार गरेको छ ।

सोमबार बसेको समितिको बैठकले १६ जना नयाँ केन्द्रीय सदस्य थप गरेको हो । योसँगै रास्वपाको २४ सदस्यीय केन्द्रीय समिति अब ४० सदस्यीय भएको छ । कार्यदलले टुंग्याएर सिफारिस गरेका १६ जनालाई मनोनित गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

मनोनित हुनेमा निशा मेहता, मेघ आले, रमेश प्रसाईं, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टिका संग्रौला ज्वाला, हरि भट्ट, ध्रुब गिरी, विन्दवासिनी कंसाकार, रुपा शंकर, विजय जैरु, लिमा अधिकारी, अर्जुन अधिकारी, क्रान्ति शिखा धिताल, गोमा क्षेत्री र प्रतिभा रावल रहेका छन् ।

यसैबीच रास्वपाले विभिन्न केन्द्रीय विभागमा सदस्य समेत मनोनयन गरेको छ । जसअन्तर्गत अभियान तथा प्रचारप्रसार विभागमा निरज गौरी, प्रवासी नेपाल सम्पर्क विभागमा कतारबाट राजुराज फुयाँल, प्रशिक्षण विभागमा कमल सुवेदी र माधव कँडेललाई मनोनीत गरिएको छ ।

यस्तै संगठन विभागमा लुम्बिनी प्रदेश इञ्चार्ज गणेश पौडेल, सुदूरपश्चिम प्रदेश इन्चार्ज ज्ञानेन्द्र महतरा, उद्योग वाणिज्य, श्रम तथा उपभोक्ता हित विभागमा सितल धरेल, जानकी प्रधान, सीता थापा, प्रताप भट्टराई र देवेन्द्र बर्तौलालाई मनोनीत गरिएको छ ।
केन्द्रीय गुनासो व्यवस्थापन विभागमा उपप्रमुखमा टेकबहादुर पोखरेल र नरेन्द्र चन्द मनोनीत भएका छन् भने विकास योजना तथा नीति तर्जमामा विसाल अधिकारीलाई मनोनीत गरिएको छ ।

त्यसैगरि, सूचना तथा प्रविधि विभागमा केन्द्रीय सदस्य प्रभात अधिकारी र सागर रिजाल तथा गैरआवासिय नेपाली सम्पर्क विभाग विष्णु एकता गुरुङलाई मनोनीत गरिएको छ ।

यो पढ्नु भयो ?