Ad Banner

ठ्याक्कै एक बर्षमा रिहा भए पल शाह

साझा कथा । तनहुँ जिल्ला कारागारमा कैद सजाय भुक्तान गरिरहेका अभिनेता पूर्णविक्रम शाह उर्फ पल शाह रिहा भएका छन् । गत बर्षको फागुन १५ गते पक्राउ परी एक बर्षको कारागार जीवनपछि फागुन १५ गते नै उनी बाहिर निस्किएका छन् ।

उनलाई उच्च अदालत पोखराले सफाइ दिएको थियो । शाह आज जिल्ला कारागार तनहुँबाट रिहा भएका हुन् ।

नाबालिग एक कलाकारमाथी बलात्कार गरेको अभियोगमा जिल्ला अदालत नवलपुरले दिएको आदेशविरूद्ध जिल्ला सरकारी वकिल र अभियुक्त शाह पक्षले उच्च अदालतमा दिएको पुनरावेदनमा आइतबार भएको बहसपछि अदालतले अभियोग दाबी नपुग्ने फैसला गरेको थियो।

शाहमाथि बलात्कार आरोप लगाउने नाबालिग गायिकाले आफ्नो अभियोग फिर्ता लिइसकेकी छन् ।

यो पढ्नु भयो ?