अभिनेत्री शिल्पा र निर्माता छवि बीचको सम्बन्धविच्छेद टुंगियो

साझा कथा । अभिनेत्री शिल्पा पोखरेल र फिल्म निर्माता छविराज ओझाबीचको सम्बन्धविच्छेद टुंगिएको छ । काठमाडौं जिल्ला अदालको फैसलाअनुसार शिल्पाले छवीको आधा सम्पत्ति पाउने भएकी छन् । छविकी जेठी श्रीमतीले हालेको बहुविवाहको मुद्दा पनि खारेज भएको छ ।

छविको चौथो श्रीमतीको रुपमा भित्रिएकी शिल्पाको छविसँग लामोसमय सम्बन्ध टिक्न सकेन । विवाह गरेको केही समयपछि नै शिल्पा सम्बन्धविच्छेदका लागि अदालत पुगेकी थिइन् ।

जितको खुसी मनाउदैँ शिल्पाले सामाजिक सञ्जालमा लेखेकी छन् : “हिजो सम्मानित काठमाडौं जिल्ला अदालतबाट छवि ओझा बिरुद्धको मेरो मुद्धामा मलाइ जिताउने सम्पुर्ण निर्णयले मैले सम्मानित अदालतबाट न्याय पायेको महसुस गरेको छु। यस कठिन समयमा मलाइ बलियो साथ दिने सबै परिवारजन, आमा, बुवा, दाई, भाउजू,साथिहरु, संघ संस्था तथा बिशेष सहयोगको लागी वरिष्ठ अधिवक्ता रमेश गुरागाइज्यु र अधिवक्ता मनोज यादवज्युलाइ कृतज्ञता तथा हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छु ।”

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?