दुर्गा प्रसाईँले समूह बनाउँदैमा ऋण मिनाहा हुँदैन – डेपुटी गभर्नर

साझा कथा । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भन्दै दबाब समूह बनाउनु गलत भएको बताएका छन् । शुक्रवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले पछिल्लो समय बैंकको ब्याजदर, लघुवित्तको संस्थाका कर्मचारी माथि कालोमोसो दल्ने समूह बनाउने कामले समाज विभाजित गर्ने बताएका हुन् । उक्त समूहको नेतृत्व चर्चित व्यवसायी दुर्गा प्रसाईँले गरिरहेका छन् ।

मिश्रले व्यवसायीहरुले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा दबाब समूह बनाई कालोमोसो चल्ने दस्ता बनाउँदैमा नतिरे पनि हुन्छ भन्ने परिकल्पना नगर्न आग्रह गरे । बैंक वित्तिय संस्थाहरुले लगाएको कर्जा बैंक तथा वित्तीय संस्थाहरुको रकम नभएर जनताको पैसा भएको उनको भनाई थियो । डेपुटी गभर्नर मिश्रले बैंक वित्तीय संस्थाबाट कर्जा लिनेहरुले कर्जा दिन्न भन्दा बैंकका निक्षेपकर्ताहरुले पैसा पाउन समस्या हुने बताए ।

बैंक वित्तीय संस्थाबाट ऋण लिएर तिर्दिन भन्नेहरुलाई कसैले कुनैपनि क्षेत्रबाट प्रोत्साहन दिन नहुने मिश्रको भनाई छ । बैंक तथा वित्तीय संस्थाहरुलाई व्यवसायीहरुले कर्जा दिन ढिला हुने, ब्याजदरका विषयमा राष्ट्र बैंकले वित्तीय संस्थाहरुसँग छलफल गरिरहेको जानकारी दिँदै उनले व्यवसायीहरुको सम्पति बैंकहरुले लिलामी गर्न रोक्ने लगायतका विषयमा ऋणीहरुलाई बुझाउँदै आएको बताए ।

राष्ट्रिय, अन्तर्राष्ट्रिय र सप्लाई चेनमा परिर्वतन भएको कारण र पेट्रोलिय पदार्थको मूल्यमा भएको वृद्धि, अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, अन्तर्राष्ट्रिय डलरमा भएको वृद्धि र विश्वका सेन्टल बैंकहरुले ब्याज बढाएको कारण धेरै देशको आर्थिक अवस्थामा सकस आएको उनको भनाई छ ।

यो पढ्नु भयो ?