प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको सुनुवाइ हुँदै

साझा कथा । सशस्त्र द्वन्द्वका क्रममा मारिएका ५ हजारको जिम्मा आफूले लिन सक्ने अभिव्यक्ति दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिट माथि आज सुनुवाइ हुँदैछ ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले प्रधानमन्त्री प्रच्ण्ड विरुद्ध दायर गरेको रिट माथि आज सुनुवाइ हुन लागेको हो । प्रचण्डले २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित एक कार्यक्रममा सो अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिको आधारमा प्रचण्डलाई फौजदारी अभियोगमा पक्राउ गरी अनुसन्धान गर्न रिट निवेदकले माग गरेका छन् ।

सुरुमा सर्वोच्च प्रशासनले राजनीतिक अभिव्यक्तिमा टेकेर पेश भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दर्ता नहुने निर्णय गरेको थियो । त्यसविरुद्ध परेको निवेदनमा न्यायाधीश ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार फागुन २३ गते कानुन व्यवसायीहरुले प्रचण्डविरुद्ध रिट दर्ता गराएका थिए ।

यो पढ्नु भयो ?