नेपालसँग यूएईको लज्जास्पद हार, नेपालले जोगायो एक दिवसीय मान्यता

साझा कथा । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत भएको यूएई विरुद्धको खेलमा आज नेपालले रोमान्चक जित हासिल गरेको छ ।

यो जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पनि जोगाएको छ । नेपालले यूएईलाई १७७ रनको फराकिलो अन्तरले हराएको हो । आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जितेमा नेपाल सिधै विश्वकप छनोटमा पुग्नेछ । जारी शृखंलामा लगातार दोस्रो जितपछि नेपालले अमेरिकालाई पनि पछि पारेको छ ।

यूएईको हारसँगै अमेरिकाको ओडीआई मान्यता जोगिएको छ । लिग टू को शीर्ष पाँच भित्र पर्ने टिमको ओडीआई मान्यता कायम रहने छ ।
टस जितेर पहिला बलिङ गरेको नेपालले यूएईलाई २४९ रनको लक्ष्य दिएको थियो ।

२४९ रनको लक्ष्य पाएकाे यूएई २२.५ ओभरमा ७१ रनमै अलआउट भयो । नेपालले पहिलो ओभरदेखि नै घातक बलिङ गर्दै युएईमाथि लगातार दबाब बढाएको थियो । जितसँगै नेपाल ३६ अंक जोडेर अमेरिकालाई पछि पार्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

यो पढ्नु भयो ?