साझा कथा । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । आज दिउँसो १ बजे कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथ ग्रहण गराउने भएका हुन् ।
लगातार दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारी भने आजै शितल निवासबाट बुढानीलकण्ठस्थित निजी निवासमा सर्नेछिन् । सो लगत्तै आजै सपथ ग्रहणपछि नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेले शितल निवास सर्ने कार्यक्रम रहेको छ । तसर्थ पनि आज शितल निवास व्यस्त देखिन्छ ।
राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नपाउने संविधानमा उल्लेख छ ।

