सकियो एसईई – विद्यार्थीहरुका थरीथरी गतिविधि (फोटो कथा)

साझा कथा । यसबर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) सम्पन्न भएको छ । कूल चार लाख ८४ हजार २२७ जनाले यस बर्षको एसईई दिएका छन् ।

परीक्षाको अन्तिम दिन विद्यार्थीहरुले साथीहरुको सर्ट लगायतका कपडामा आफ्नो सिग्नेचर गर्दै ‘फेरि भेटौँला’, ‘भेट्दै गरौँला’ लगायतका उद्धरण लेखेर विदाइ भएका छन् । कुनै विद्यालयमा भने नाचगान गर्दै उनीहरु विदा भएका छन् । विद्यालयहरुले एसईई दिएका आफ्ना विद्यार्थीहरुलाई खादा माला लगाएर उज्ज्वल भविष्यको कामना गर्दै विदाई गरेका छन् । कतिपय विद्यार्थीहरु साथीसँग छुट्नपर्दा निक्कै भावुक भएका दृश्य पनि देखिए । भारी मन लिएर उनीहरु छुट्टिएका छन् ।

आइरन गेट मानिने एसईईपछि विद्यार्थीहरु आफ्नो इच्छा र सपना अनुसारका विषय चयन गर्न विभिन्न कलेजहरुमा भर्ना हुन जान्छन् । एसईई परीक्षाको नतिजा भने २०८० साल असारको पहिलो साता प्रकाशन हुने जनाइएको छ ।

बोर्डले यसवर्ष जापानमा पनि एसइई परीक्षा केन्द्र कायम गरेको थियो । नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?