साझा कथा । नेपाल धितोपत्र बोर्डलाई नयाँ स्टक एक्सचेञ्ज, कमोडिटी एक्सचेञ्ज र ब्रोकर कम्पनीहरुलाई लाइसेन्स दिने बाटो खुला भएको छ । सर्वोच्च अदालतमा परेको रिटलाई न्यायाधिशद्धय अनिल कुमार सिंहा र सुष्मालता माथेमाको इजलासले खारेज गर्दै लाइसेन्स प्रक्रिया अघि बढाउन आदेश दिएको छ ।
रिट निवेदक अधिवक्ता दिपक विक्रम मिश्रले अधितोपत्र बोर्डले सुरु गरेको नयाँ लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
यसअघि यही मुद्दामा ४ कात्तिकमा सर्वोच्च अदालतले तत्काल नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अल्पकालीन अन्तरिम आदेश जारी भएको अवस्थामा नै ब्रोकर लाइसेन्स खोल्न माग गर्दै संवैधानिक इजलासमा रिट दर्ता भएको थियो ।