विद्युतीय सुशासन आयोगका सीईओ विष्टलाई जनसेवाश्री पदक

साझा कथा । विद्युतीय सुशासन आयोगका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ई. दिपेश विष्ट सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट सम्मानित भएका छन् । एक विशेष समारोहकाबीच उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले सो सम्मान प्रदान गरेका हुन् ।

आईटी क्षेत्रमा विज्ञता हाँसिल गरेका विष्टले पछिल्लो समय जनतालाई सहज रूपमा अनलाइनबाटै सरकारी सेवा उपलब्ध गराउनुपर्छ भन्ने उद्देश्यका साथ काम गर्दै आएका थिए । उनी पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका आईटी विज्ञ समेत हुन् ।

मन्त्रिपषिद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ असोज ३ गते संविधान दिवसका दिन उक्त विभूषणको घोषणा गरेकी थिइन् ।

सूचना प्रविधिको क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न, नीति निर्माण र सोको कार्यान्वयन गर्न उच्चस्तरीय आयोगको रूपमा विद्युतीय सुशासन आयोग गठन भएको थियो । सोही आयोगको सीईओका रुपमा विष्ट गत असोजमा नियुक्त भएका थिए । आयोगमा उनको कार्यकाल ४ वर्षको हुनेछ ।

यो पढ्नु भयो ?