साझा कथा । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएको छ ।
मंगलबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री राजकुमार शर्मालाई मन्त्रीको नाम पठाएको छ । संसदीय दलले दैलेखका सांसद कृष्णकुमार बिसी, सुर्खेतका सांसद खड्क पोखरेल र जाजरकोटका सांसद बेदराज सिंहको नाम मन्त्रीका लागि सिफारिस गरेको बताइएको छ ।
बिसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पोखरेललाई सामाजिक विकास मन्त्रालय र सिंहलाई आर्थिक मामिला तथा योजना मन्त्रालय दिने गरी मुख्यमन्त्रीलाई सिफारिस गरिएको स्रोतको भनाइ छ ।
सिफारिस भएका मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ आज गराइने गरि तयारी गरिएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए । दलहरूबीच प्रदेश सरकारको नेतृत्व आधा–आधा कार्यकाल गर्ने, मन्त्रालयको संख्या आठ वटा बनाउने सहमति भएको छ।