साझा कथा । मातातीर्थ औंशी अर्थात आमाको मुहार हेर्ने दिन । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ । आमा हुनेहरुले आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्ति अर्पण गर्छन् । विशेषगरि आमा नहुनेहरु चाहिँ काठमाडौँको चन्द्रागिरि नगरपालिकामा अवस्थित मातातीर्थ कुण्डमा गई स्नान गर्ने र सो ठाउँमा रहेको आमाको प्रतिमा हेर्ने प्रचलन छ । तर, हिजोआज सबै भक्तजनहरु मातातीर्थ कुण्डमा पुग्ने गर्छन् र त्यहाँ विशेष मेला लाग्ने गर्छ । सोही सन्दर्भमा साझा कथाका फोटो पत्रकार प्रकाश गोपालीले मातातीर्थ पुगेर क्यामेरामा कैद गरेका फोटोहरुलाई ‘फोटो कथा’को रुपमा पस्केका छौं ।