साझा कथा । साउदी अरेबियासँगको खेल नखेल्दै नेपाल एसीसी प्रिमियर कपको समूह ‘ए’ बाट सेमिफाइनलमा प्रवेश गरेको छ । मूलपानी मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल बर्षाका कारण रद्द भएपछि नेपाल र साउदी अरबले अंक बाँडे ।
तीन खेलबाट पाँच अंक पुर्याएको नेपाल सेमिफाइनलमा पुगेको हो । एक अंक जोडेसँगै नेपाल अन्तिम खेलअघि सेमिफाइनल पुगेको हो । समान खेलबाट ४ अंकसहित ओमान दोस्रो स्थानमा छ भने समान खेलबाट २ अंक जोडेको मलेसिया तेस्रो स्थानमा छ ।
चौथो स्थानको साउदीको पनि २ अंक छ । यो समूहमा कतारले अंक जोड्न सकेको छैन । नेपालले कतारसँग हुने १४ वैशाखको अन्तिम खेल जितेको अवस्थामा समूह विजेता बन्नेछ । नेपालले अन्तिम खेल बिहीबार कतारसँग खेल्नेछ । नेपालले यसअघि कीर्तिपुरमा नेपालले मलेसिया र ओमानमाथि जित हात पारेको थियो ।
समूहको अन्तिम खेलमा ओमान र साउदी अरवबीच प्रतिस्पर्धा हुनेछ । सो खेलको विजेता यो समूहबाट सेमिफाइनलमा पुग्ने अर्को टिम बन्नेछ ।