साझा कथा । एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनल खेलमा नेपाल र कुवेतबीच खेल भइरहेकाे छ । कप्तान रोहित पौडेलको उत्कृष्ट ब्याटिङमा नेपालले कुवेतलाई २८१ रनको लक्ष्य दिएको छ ।
वर्षाका कारण अवरुद्ध भएपछि खेल ४२ ओभरमा छोट्याइएको थियो । जसमा नेपालले नौ विकेट गुमाउँदै २८१ रन बनाएको हो ।
नेपालका कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र तीन छक्कासहित सर्वाधिक ९४ रन बनाए । यस्तै, कुशल भुर्तेलले ४३ रन, कुशल मल्लले ५७, आसिफ शेखले ३१ रन बनाए ।
जवाफी ब्याटिङमा उत्रिएको कुवेतले ८.३ ओभर खेल्दै ३७ रन बनाएकाे छ । महत्वपूर्ण ६ विकेट गुमाइसकेको कुवेत दवावमा परेको छ । कुवेतविरूद्धको सेमिफाइनल खेलमा करण केसी एक्लैले पाँच विकेट लिएका छन् । अर्को विकेट सोमपाल कामीले लिएका हुन् ।
खेल बर्षाका कारण रोकिएको छ ।