दैनिकजसो खेर गइरहने सवारीसाधनका टायरहरु हाम्रा लागि समस्या बन्दैछन् । जल, जमिन र वायू प्रदुषणसमेत गर्दै आइरहेको टायरको समस्या समाधान देशकै लागि चुनौतिको विषय बन्दै आएको छ । तर, यो समस्या वा चुनौतिलाई क्षमतावान व्यक्तिहरुले भने समाधान मात्रै गर्दैनन् कि सदुपयोगका बाटाहरु खोज्छन् । यस्तै, सदुपयोगको बाटोले सिर्जना गरेको एक उद्यमशीलताको कथा हामी प्रस्तुत गर्दैछौं ।

