Ad Banner

आगामी आर्थिक बर्षमा राजश्व भन्दा सरकारी खर्च ४ खर्बले बढी हुनेछ..

साझा कथा । नेपाल सरकारले चालु आर्थिक वर्षमा राजस्व सङ्कलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपियाँ राजस्व सङ्कलन हुने अनुमान गरेको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको बताए । यो राजश्व लक्ष्य गत वर्षको तुलनामा ५ दशमलव ९ प्रतिशतले कम पनि हो ।

राजस्व कम हुनुमा चालु आर्थिक वर्षमा लिएका आयात नियन्त्रणका उपाय, आर्थिक गतिविधिमा आएको संकुचन लगायतका कारणले राजस्व लक्ष्यभन्दा कम सङ्कलन हुने अनुमान गरिएको हो । यस्तै, अर्थमन्त्री महतले चालु आर्थिक वर्षको सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ हुने अनुमान सार्वजनिक गरेका छन् ।

यसमध्ये चालु खर्च १० खर्ब ४३ अर्ब ३९ करोड रुपैयाँ अर्थात विनियोजनको ८८ प्रतिशत, पुँजीगत खर्च २ खर्ब ५८ अर्ब ३४ करोड रुपैयाँ अर्थात ६७.९१ प्रतिशत र वित्तीय व्यवस्था तर्फ दुई खर्ब तीन अर्ब २६ करोड अर्थात ८८ प्रतिशत खर्च हुने संशोधित अनुमान सार्वजनिक गरिएको छ ।
यसरी हेर्दा आगामी आर्थिक बर्षमा राजश्व भन्दा सरकारी खर्च ४ खर्बले बढी हुनेछ ।

अर्थमन्त्री महतले साधारण खर्च बढ्दा अर्थतन्त्रमा समस्या आएको बताएका छन् । यस क्रममा उनले साधारण खर्च १२ खर्ब २५ अर्ब ८० करोड पुगेको बताए । संरचनात्मक तथा केही नीतिगत समस्या रहेको भन्दै उनले युक्रेन युद्धले आपूर्तिमा असर गरेको दाबी गरे । उच्च ब्याजदर, पूँजीगत खर्च नबढेको, समष्टिगत मागमा कमी आएकाले अर्थतन्त्र समस्यामा परेको उनको भनाइ थियो ।

यो पढ्नु भयो ?