कोशी प्रदेशबाट बाहिरिँदै माओवादीले भन्यो, ‘अब हाम्रो नेतृत्व’

साझा कथा । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गरेको हो ।

बैठकले आफ्ना मन्त्रीहरुलाई राजीनामा बुझाउन निर्देशन पनि दिएको छ । प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् ।

पार्टीको निर्णयपछि संसदीय दलको बैठक बसेर आजै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेशसभालाई गराउने माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए । माओवादीले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय पनि गरेको छ ।

तर माओवादीलाई सरकारको नेतृत्व गर्न दिन काँग्रेस सहमत छैन । एमालेपछि दोस्रो ठूलो दल काँग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन चाहिरहेको छ । उता राप्रपा पनि सरकारको नेतृत्व पाए नयाँ गठबन्धनमा सामेल हुन सक्ने संकेत दिएको छ

यो पढ्नु भयो ?