Ad Banner

चम्किदैछ नेप्से, साताको पहिलो दिन ४० अंकले बढ्यो

साझा कथा । सरकारले ल्याएको आर्थिक बर्ष २०८०–८१ को बजेट अस्वीकार गर्दै निरन्तर ओरालो लाग्न थालेको शेयर बजार अर्थमन्त्रीसँग शेयर बजारका सरोकारवालाहरुले छलफल गरेपछि भने चम्किन थालेको छ । सेयर बजारमा विस्तारै सकारात्मक माहौल देखिएको छ । सूचकसँगै दैनिक खरिदबिक्री रकममा पनि बढोत्तरी भएपछि लगानीकर्ता उत्साहित भएको देखिएको छ । असार महिना पनि नजिकिएको छ । सामान्यतयः यो सेयरको सिजन पनि हो । चरम बियरिसमा बाहेक जेठ–असारमा सामान्यतया बजारमा चमक आउने गरेको देखिन्छ ।

नेप्से सूचक आइतबार ४०.४८ अंकले बढेर १९८०।०९ विन्दुमा आएको छ । झन्डै साढे ३ अर्ब रुपैयाँ ९३ अर्ब ४१ करोड० को सेयर कारोबार भएको छ । यस दिन २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । समग्रमा हेर्दा यस्तै, बजार घटेको करिब २२ महिना भइसकेकाले पनि अब यसले आफ्नो प्रवृत्ति परिवर्तन गर्न लागेको भन्नेहरु पनि उत्तिकै छ । यद्यपि, बजार एकोहोरो हिसाबले चल्दैन । तलमाथि भइरहने प्रवृत्ति हुन्छ । तथापि, बियरिसको लामो चक्र पूरा गरेकाले अब औसत ट्रेन्ड बुल बाटोतिरै हुने विश्लेषकहरु बताउँछन् ।

बजारमा वियरिस चक्र सकिएर विस्तारै बुल रनमा प्रवेशका लागि केही महत्वपूर्ण आधारहरु पनि तय भएको जानकारहरु बताउँछन् । यसको सबैभन्दा पहिलो र महत्वपूर्ण आधार भनेको बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको तरलता र घट्न थालेको ब्याजदर नै हो । ब्याजदर घट्न थालेपछि सेयर बजार विस्तारै बढ्न सुरु गर्ने अनुभवीहरु बताउँछन् । यस्तै, अर्थतन्त्रका बाह्य क्षेत्रहरुमा राम्रो सुधार हुँदै गएको रिपोर्ट केन्द्रीय बैंकले सार्वजनिक गरेको छ । यसले पनि सेयर बजारमा सुधारका लागि थप मनोबल बढाउन सक्ने देखिन्छ । यही नै अब बजार क्रमशः माथितिर लाग्ने आधार मानिएको छ । तर आम लगानीकर्ताले राम्रो वित्तीय अवस्था भएका, लाभांश दिन सक्ने कम्पनीमा लगानी गर्न जानकारहरु सुझाव दिने गरेका छन् । अलि लामो समय होल्ड गर्न सक्ने हिसाबले मात्र सेयर खरिद गर्नुपर्ने, जोखिम बहन क्षमतमा ख्याल गर्न पनि उनीरुले सुझाव दिने गरेका छन् । गएको साता पनि समग्र बजार ३.९३५ ले बढेको थियो ।

नेप्सेले २२ महिनाको अवधिमा आम लगानीकर्तालाई धेरै प्यानिक बनायो । यसबीचमा लगानीकर्ताले बजार पुँजीकरणका आधारमा हेर्दा खर्बौ रुपैयाँ गुमाउन पुगे । करिब ४५ खर्ब पुगेको पुँजीकरण २६ खर्बकै लाइनमा झर्यो । यस्तै, करिब ३२ पुगेको नेप्से सूचक झरेर १८०६ विन्दुमै आयो । कर्जा लिएर लगानी गरेकालाई मार्जिन कल आउन थाल्यो । यसआधारमा हेर्दा बजारमा ठूलो गिरावट आएको थियो । अहिले भने अवस्था सुधारिने संकेत देखा परेको छ ।

यो पढ्नु भयो ?